१९ श्रावण २०८३, मंगलवार
,
Latest
युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानुहुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ । उहाँ आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।