२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

हिमालय ऊर्जा विकास कम्पनीले १९ मेगावाट विद्युत् उत्पादन गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले १९ मेगावाट विद्युत् उत्पादन गर्ने
अ अ+ अ-

भीमश्वेर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन  १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताउनुभयो । 

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् । 

आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहँुदा लागत अनुमान बढेको बताइएको छ । 

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताउनुभयो । 

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् ।