६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फुटबलमा रोनाल्डोले राखे अर्को कीर्तिमान



अ+ अ-

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा पार गर्ने विश्वकै पहिलो खेलाडी बने ।

नेशन्स लिग फुटबल अन्तर्गत पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । उक्त खेलमा रोनाल्डोले पनि एक गोल गरे ।

त्योसँगै रोनाल्डो नौ सय गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् ।

उनले पोर्चुगलका लागि गरेको गोल सङ्ख्या एक सय ३१ पुगेको छ ।

राष्ट्रिय टोली र विभिन्न क्लबमा गरेको गोललाई मिलाएर रोनाल्डोको गोल सङ्ख्या नौ सय पुगेको हो ।

हाल साउदी क्लब अल नासरमा आबद्ध रोनाल्डोले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट व्यावसायिक फुटबल खेल्दै यी गोल गरेका हुन् ।