• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

नागढुंगा—कलंकी सडकखण्डका मुख्य सडकमा सिसी क्यामरा जडान



काठमाडौं । नागढुंगा—कलंकी सडकखण्ड अन्तरगत जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।  

चन्द्रागिरी नगरपालिका को आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सिसि क्यामरा जडान भएका छन् । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सिसी क्यामरा जडान गरिएको हो ।

राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ । सिसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको बताउनुभयो । नगरपालिकाले छाटो समयमा सिसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरपालिकाले एक करोडको लागतमा सिसी क्यामरा जडान गरेको हो । नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताउनुभयो ।