६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला



अ+ अ-

ढोरपाटन । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ ।

आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उहाँको भनाइ छ ।

धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा आएर सिकार खेल्ने उहाँ बताउनुहुन्छ । टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ ।

ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज–मङ्सिर र दोस्रो सिजन फागुन–वैशाखमा सिकार याम सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सिकार आरक्षणबाट रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको थियो ।

बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्ला फैलिएको सिकार आरक्षणलाई सिकार खेल्नका लागि सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ ।

यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् भने नाउर, झारल, थार र हिमाली भालु पाइन्छन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चरा पाइने सिकार आरक्षण कार्यालयले जनाएको छ ।