१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ बालिका मृत भेटिएको घटनाः दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी थिइन्



अ+ अ-

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको खुलेको छ ।

आमाले नै दुई छोरीलाई विष खुवाएर हत्या गरेको पुष्टि भएको छ । झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । कम विष भएकाले उनलाई डोज नपुगेको प्रहरीले जनाएको छ ।

बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएकी थिइन् । विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृतावस्थामा फेला परेका थिए ।

 

 




भर्खरै