११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले बिहीबार दिउँसो काठमाडौंको मिनभवनबाट तीन जनालाई पक्राउ गरेको हो । 

क्रिप्टो करेन्सी बिटकोइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्वत घर भई कास्की पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंको थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।

उनीहरूमाथि महाशाखाले बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

महाशाखाका अनुसार उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएका हुन् ।  

नेपालमा क्रिप्टो करेन्सीको कारोबार गर्ने गराउने काम कानुनविपरीत रहेको र यस्तो काम गर्ने सबैलाई कानुनबमोजिम कारबाही हुने भन्दै त्यसबारे सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ । 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गर्न उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।