२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले पोलिटब्यूरो बैठक, प्रत्येक सदस्यलाई तीन मिनेटको समय



अ+ अ-

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा पोलिटब्यूरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेट समय दिइने भएको छ ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

यस्तै, महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

एमालेले सङ्गठित सदस्यको सङ्ख्या १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत सङ्गठित सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ ।