५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको पोल्टाभामा रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४९ को मृत्यु



अ+ अ-

रसियाले युक्रेनको पोल्टाभामा एक सैनिक शिक्षालयमा गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार शक्तिशाली क्षेप्यास्त्र प्रहारका कारण २०० भन्दा बढी घाइते भएका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । खोज तथा उद्धार कार्य जारी रहेको छ ।

स्रोतका अनुसार अझै १८ भन्दा बढी व्यक्ति हराइरहेका छन् ।

सैनिक निवास समेत वरपरका कम्तीमा १० वटा घरमा क्षति पुगेको छ । रसियाको कब्जामा रहेको क्राइमिया क्षेत्रबाट पोल्टाभामा क्षेप्यास्त्र प्रहार भएको अनुमान गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रसियाली क्षेप्यास्त्र आक्रमणलाई निस्तेज बनाउन भरपर्दा र शक्तिशाली हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिका र नेटो सदस्य राष्ट्रहरु समक्ष निरन्तर आवाज उठाइ रहेका छन् ।

अर्कातर्फ राष्ट्रपति जेलेन्स्कीले रसियाली भूमिमा क्षेप्यास्त्रबाट मार हान्ने अनुमतिका लागि पश्चिमा मुलुकसँग आग्रह समेत गरेका छन् । उनीहरुले यस्तो अनुमति नदिए पनि युक्रेनले रसियाको राजधानी मस्कोसम्म ड्रोन आक्रमण गर्न थालेको छ जसले रसियालाई थप आक्रामक हुन उक्साएको अनुमान गरिएको छ । एजेन्सी