५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ ?

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ ?
अ+ अ-

काठमाडौँ । ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्।

खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।

सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।

दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।

यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ।

यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।

तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।

त्यसो भए एकान्तवासको अवधि घटाउने निर्देशिका केमा आधारित छरु हामीलाई नयाँ भेरिअन्ट फैलिने तरिकाबारे के थाहा छरु

कति दिनमा लक्षण देखिन्छ ?
ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।

यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो।

डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो। ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्।

गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा। भिसेन्ट सोरियानोले बताए।

दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।

कति दिनसम्म अरूलाई सर्छ ?
वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्।

ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।

डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”

उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।

“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन्।

“केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।”

यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ।

“यस्तो परीक्षण सस्तो पनि छ र कुनै व्यक्ति सङ्क्रामक छ वा छैन थाहा पनि दिन्छ,” उनी भन्छन्।

लक्षण सहितको सङ्क्रमण भएका व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ ?
अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ।

तर यसमा सर्तहरू छन्।

सीडीसीका अनुसार तपाईँ सङ्क्रमित हुनुभयो भने :

  • यदि लक्षण छ भने पाँच दिन अलग्गै बस्नुहोस्। पाँच दिनको गणनाका लागि परीक्षण गरिएको दिनलाई शून्य दिन मान्नुपर्छ।
  • पाँच दिनपछि कुनै लक्षण छैन वा सुधार हुँदै छ भने एकान्तवास अन्त्य गर्दा हुन्छ।
  • अन्य मानिसहरूसँग भेट्दा थप पाँच दिन मास्कको प्रयोग गर्नु पर्छ।
  • लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रामा ननिस्कनुहोस्।
  • ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ।

लक्षण नभए कति दिन सङ्क्रामक ?

कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ।

डा। सोरियानोका अनुसार उनीहरूले पनि लक्षण भएका व्यक्तिहरू जति नै आफूमा सङ्क्रमण रहिरहेको बुझ्नुपर्छ।

“लक्षणविनाको सङ्क्रमणबारे अझै धेरै कुराहरू खुल्न बाँकी छ। तर सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान नै हुन्छ,” सोरियानोले भने।

“बालबालिकाहरूमा धेरैजसो लक्षण देखिँदैन। लक्षण नभए पनि लक्षण भएका वयस्कहरूको जति नै उनीहरूमा पनि भाइरल रहेको अध्ययनहरूले देखाएका छन्।”

लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ ?
अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन्।

उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।

अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ।

यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ।

अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन्।
(बीबीसी)