११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरोजगार लघुवित्तद्वारा शेयरधनीहरुलाई १३.९६ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३.९६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) प्रस्ताव गर्ने निर्णय गरेको हो । हाल कम्पनीको कायम चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १ सय २० रुपियाँ रहेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।