२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट समितिले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

काठमाडौँ उपत्यकाका तीन क्याम्पससहित देशभरका ११ वटा आङ्गिक क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरेको हो । जसमा उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पससँगै सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस (शिक्षा), जुम्लाको जुम्ला क्याम्पस र डोटीको डोटी बहुमुखी क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८०।३।१२ सम्मको संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको हो ।

योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भएबमोजिम आवश्यक कागजात तथा आशयपत्र समेत समावेश गरेर आवेदन दिन भनेको छ ।