२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलसँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड आफ्नै घरेलु मैदान वल्ड्र ट्राफोर्डमा लिभरपुलसँग ३–० गोलले स्तब्ध बनेको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाजले दुई तथा मोहम्मद सलाहले एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा डियाजले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ५६ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता ३–० को बनाए । त्यसपछि थप गोल हुन सकेन ।

लिभरपुलको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ९ अंकसहित टोली तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड ३ अंकका साथ १४ औं स्थानमा छ ।