११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​शेयर बजारमा एतिहासिक कीर्तिमान, अहिले सम्मकै नयाँ रेकर्ड कायम



अ+ अ-

काठमाडौं । शेयर बजारले फेरीपनि एतिहासिक कीर्तिमान कायम गरेको छ ।

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि १८ दशमलव ७६ अंकले बढेर ३ सय ८३ दशमलव ९३ अंकमा बन्द भएको छ । कारोबार रकमले पनि अहिले सम्मकै नयाँ किर्तिमान कायम गरेको छ । दिनभर २ सय कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिद विक्री भएको छ ।

पछिल्लो समय शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ ।

कारोबारमा आएका समूह मध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यस बाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै विकास बैंक समूह ८ दशमलव ११ प्रतिशतले बढेको छ । त्यसपछि बैंकिङ समूह ७ दशमलव ८१ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा समूह २ दशमलव २४ प्रतिशतले बढेको छ । जलविद्युत समूह १ दशमलव ८ प्रतिशत, वित्त समूह १ दशमलव ३७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ९७ प्रतिशत, म्यूचअल फण्ड समूह शुन्य दशमलव ४१ प्रतिशत र अन्य समूह शुन्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

यस्तै सबैभन्दा धेरै शेयर कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको मात्रै ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बढीको शेयर खरिदविक्री भएको छ । यस्तै कुमारी बैंकको शेयर कारोबार पनि ४० करोड ८० लाख ६२ हजार रुपैयाँ बढीको भएको छ । आइतबार कुमारी बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ । ३० करोड रुपैयाँ भन्दा बढी शेयर कारोबार हुने कम्पनीहरुमा नबिल बैंक, प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

कारोबार बन्द हुँदा सम्म ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस बाहेक १८ वटा कम्पनीहरुको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि ५० वटा कम्पनीका शेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा बिशालबजार कम्पनीका शेयरधनी रहेका छन् । जसको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।




भर्खरै