२ माघ २०८१, बुधबार
,
Latest
रविको थुनछेक बहस सकियो, आजै आदेश आउने संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ: प्रधानमन्त्री भूकम्प सुरक्षा दिवस: पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ ः प्रधानमन्त्री जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल समाजवादी मोर्चाको बैठक शुरु सरकारले संसदको मान हानी गर्योः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको अपहरणमा परेका ६ जना बन्धकको शव फेला



अ+ अ-

तेल अभिभ । हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला परेको जानकारी दिइएको हो ।

मृत फेला परेका बन्धकहरूमा कार्मेल ग्याट, एडिन यरुसाल्मी, हेर्स गोल्डबर्ग–पोलिन, एलेक्ज्यान्डर लोबानोभ, अल्बोग सारसुई र मास्टर सर्जेन्ट ओरी डानिमो रहेका छन् । आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले प्रारम्भिक अनुसन्धानमा इजरायली सेना त्यहाँ पुग्नभन्दा केही बेरअघि हमास आतङ्कवादीहरुले उनीहरूलाई क्रूर तरिकाले हत्या गरेको बताए ।

गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् । उनको मृत्युको पुष्टिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू यस समाचारबाट स्तब्ध र क्रुद्ध बनेको बताएका छन् । इजरायली सेनाले सबैको शव आइतबार बिहान इजरायल ल्याइपुर्‍याइएको जानकारी दिएको छ । यसबारे मृतकको परिवारलाई पनि जानकारी दिइसकिएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ५१ जनालाई बन्धक बनाउनुका साथै १२ सय जनाको हत्या गरेको थियो । हाल ९७ जना बन्धक हमासको कब्जामा रहेका छन् । यसमध्ये २७ जनाको मृत्यु भइसकेको अनुमान छ । यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा कम्तीमा ४० हजार ५३० जनाको मृत्यु भइसकेको छ । बीबीसी