१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरुको कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । यसअघि समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरु र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले सुदूरपश्चिमको प्रदेशको धनगढी, मधेस प्रदेशको राजधानी जनकपुरधाम र लम्बिनी प्रदेशको राजधानी देउखुरिमा संघीय संसदले बनाएका कानून कार्यान्वयनका चुनौतीबारे अधययन गरेर प्रतिवेदन बुझाएको छ । समिति सभापति विमला सुवेदीले कानूनको उत्तरविधायिकी परीक्षण९पिएसएल०सँग सम्बन्धित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

उहाँले निर्णयको लागि समितिसमक्ष प्रश्ताव पेस गर्दै भन्नुभयो,‘समिति अन्तर्गत गठित उपसमितिहरुले सुदूरपश्चिमको राजधनी रहेको कैलाली जिल्लाको धनगढी, मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लाको जनकपुरधाम र लुम्बिनी जिल्लाको राजधानी रहेको दाङ जिल्लाको देउखुरीमा गरेको संघीय संसदले बनाएको ऐन, कानून कार्यान्वयनका चुनौतिका विषयमा गरिएको अध्ययनको प्रतिवेदन, २०८१ मा रहेका सुझावहरुलाई समितिले ग्रहण गर्ने निर्णय गर्ने, समितिले वागमती प्रदेशको कुनैस्थानमा उत्तरविधायिकी परीक्षण ९पिएलएस० सँग सम्बन्धित भएर संघीय संसदले बनाएको ऐन कानून कार्यान्वयनका चुनौतिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने र सभापतिले समिति सदस्यहरुसँग समन्वय गरेर उक्त अन्तरिक्रिया कार्यक्रमको मिति, समय र स्थान तथा अन्तरक्रियामा आमन्त्रितहरु तय गर्ने र समिति सभापतिको निर्देशनअनुसार समिति सचिवालयले कार्यक्रमका लागि आवश्यक कार्य गर्ने प्रश्ताव समितिसमक्ष राख्न चाहन्छु ।’

उहाँले समिति सदस्यहरुसँग समन्वय गरेर कार्यक्रम हुने स्थान, मिति र समय तय गरिने बताउनु भयो ।