२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको अपहरणमा परेका ६ जना बन्धकको शव फेला



अ+ अ-

तेल अभिभ । हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला परेको जानकारी दिइएको हो ।

मृत फेला परेका बन्धकहरूमा कार्मेल ग्याट, एडिन यरुसाल्मी, हेर्स गोल्डबर्ग–पोलिन, एलेक्ज्यान्डर लोबानोभ, अल्बोग सारसुई र मास्टर सर्जेन्ट ओरी डानिमो रहेका छन् । आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले प्रारम्भिक अनुसन्धानमा इजरायली सेना त्यहाँ पुग्नभन्दा केही बेरअघि हमास आतङ्कवादीहरुले उनीहरूलाई क्रूर तरिकाले हत्या गरेको बताए ।

गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् । उनको मृत्युको पुष्टिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू यस समाचारबाट स्तब्ध र क्रुद्ध बनेको बताएका छन् । इजरायली सेनाले सबैको शव आइतबार बिहान इजरायल ल्याइपुर्‍याइएको जानकारी दिएको छ । यसबारे मृतकको परिवारलाई पनि जानकारी दिइसकिएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ५१ जनालाई बन्धक बनाउनुका साथै १२ सय जनाको हत्या गरेको थियो । हाल ९७ जना बन्धक हमासको कब्जामा रहेका छन् । यसमध्ये २७ जनाको मृत्यु भइसकेको अनुमान छ । यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा कम्तीमा ४० हजार ५३० जनाको मृत्यु भइसकेको छ । बीबीसी