१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार

पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार
TOPSHOT - A motorcade believed to be carrying South Korean impeached president Yoon Suk Yeol leaves his residence in Seoul on January 15, 2025. Yoon was arrested on January 15 over his failed martial law bid, after hundreds of anti-graft investigators and police raided his residence to end a weeks-long standoff. (Photo by YASUYOSHI CHIBA / AFP)
अ अ+ अ-

एजेन्सी । महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै वयान दिन नमानेको अन्सन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय ९सीआईओ० ले स्थानीय समयअनुसार बिहान ११:०० बजेदेखि अपराह्न १ः३० बजेसम्म गरिएको अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युन सुक योलले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो टेप गर्न दिन अस्वीकार गरेको जनाएको हो ।

स्थानीय सञ्चारमाध्यमले सीआईओलाई उद्धृत गर्दै भनेको छ, “युनलाई हिरासतका लागि ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपतिको सुरक्षा टोलीसँग छलफल भइरहेको छ ।

यसबाहेक, सीआईओले ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’बाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जीे जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ । यदि सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म बढाउन सकिन्छ ।

सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजनपक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । यसको जवाफमा युनको कानुनी टोलीले एक विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिमाथि अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी ‘गैरकानुनी’ भएको उल्लेख गरेको छ ।

उक्त टोलीले पक्राउ पुर्जी को गैरकानुनी कार्यान्वयनको लागि सीआईओ र प्रहरीलाई कानूनी रूपमा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।