१९ भाद्र २०८३, शुक्रबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल, चेल्सी र सिटी बराबरीमा रोकिए



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी तिनै क्लबले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा लिभरपुल नटिङहम फरेस्टसँग, चेल्सी बर्नमाउथसँग र सिटी ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको हो ।

नटिङहमको घरेलु मैदानमा लिभरपुल १-१ गोलको बराबरीमा रोकियो । नटिङहमका लागि खेलको आठौं मिनेटमा क्रिस वुडले गोल गरेका थिए भने ६६ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

यस्तै, चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग २-२ गोलको बराबरीमा रोकियो । चेल्सीका लागि कोल पाल्मेर र रिकी जेम्सले गोल गरे भने बर्नमाउथका लागि जस्टिन क्लिभर्ट(पेनाल्टी) र एन्टोनी सेमेन्योले गोल गरे ।

पाल्मेरले १३ औं मिनेटमा गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा जस्टिनले पेनाल्टीमा गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याए । त्यसपछि ६८ औं मिनेटमा एन्टोनीले गोल गर्दै बर्नमाउथलाई २-१ ले अघि बढाए । यता, इन्जुरी समयमा जेम्सले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।

यस्तै, अर्को खेलमा ब्रेन्टफोर्डसँग म्यान्चेस्टर सिटी २-२ गोलको बराबरीमा रोकियो । ब्रेन्टफोर्डका लागि योआने वीसा र क्रिस्टियन नोर्डगार्डले गोल गरे भने सिटीका लागि दुबै गोल फिल फोडेनले गरे ।

यो नतिजापछि लिभरपुल २० खेलबाट ४७ अंकका साथ शीर्षस्थानमा यथावत छ । नटिङहम २१ खेलमा ४१ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, चेल्सी ३७ अंकका साथ चौंथो तथा सिटी ३५ अंकका साथ छैटौं स्थानमा छ भने बर्नमाउथ ३४ अंकका साथ सातौं तथा ब्रेन्टफोर्ड २८ अंकका साथ १० औं स्थानमा छ ।