२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रको अनुगमन र निरीक्षण अीख्तयार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताउनु भयो । उहाँले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी रहेको बताउनु भयो । उहाँले रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको बताउनु भयो । उहाँले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताउनु भयो । उहाँले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताउनु भयो ।

उहाले भन्नुभयो, ‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भुमिका नियन्त्रण हुन्छ । निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ । रेमिट्यान्सहरु बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि शेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसावले अघि बढ्नुपर्छ ।’

सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने बताउनु भयो । सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताउनु भयो । भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने उल्लेख गर्नुभयो ।