३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
अ+ अ-

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्रध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनेभन्दा उपलब्ध सम्भावनालाई पहिचान गर्दै आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले यस्तो बताइन् । उनले नेपालमै गुणस्तरीय शिक्षा, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्न सकिने भए पनि विद्यार्थीलाई निराश बनाउने खालको वातावरण निर्माण भइरहेको बताइन्।

नेपालमा खुलेका शैक्षिक कन्सल्टेन्सीहरूले विद्यार्थीमा ‘नेपालमा केही हुँदैन, विदेश गएपछि मात्रै अवसर पाइन्छ’ भन्ने भाष्य निर्माण गरिरहेको बताएकी छन्।

उनले नेपालमै अवसर सिर्जना गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन्। नेपालमा धेरै काम गर्न सकिने सम्भावना हुँदाहुँदै पनि सहकार्य र समन्वयको पक्ष कमजोर रहेको उनको भनाइ छ।

विशेषगरी विश्वविद्यालयले उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी तथा व्यवसायीसँग पर्याप्त छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने उनले बताइन्। उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्ने विषयमा पर्याप्त बहस गर्न नसकिएको उनले स्वीकार गरिन्।

‘नेपालमा भएका उद्योगलाई कस्ता जनशक्ति चाहिएको छ भनेर हामीले कोर्स बनाउनुअघि उहाँहरूलाई बोलाएर छलफल गर्न सकेनौँ। त्यसमा हामीले गल्ती गरेका छौँ भन्नुपर्छ,’ उनले भनिन्।

युवासँग सम्बन्धित उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका लागि सरकारले नीति तथा कार्यक्रम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको उनले बताइन्।

‘पोलिसी बनेको छ, प्रोग्राम बनेको छ। तर त्यो कागजमा मात्रै सीमित भयो। भएका नीतिमा आवश्यक परिमार्जन गरेर व्यवहारमा कार्यान्वयन गर्न सक्यौँ भने धेरै काम गर्न सक्छौँ,’ उनले भनिन्।

उनले निजी क्षेत्रलाई पनि सीप विकासमा लगानी गर्न आग्रह गरिन्। उनले शैक्षिक संस्था र युवालाई लक्षित गरेर सीप विकासमा लगानी गर्ने व्यवसायिक घरानालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताइन्।

देशभर सीप विकासका कार्यक्रम विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्। स्थानीय तहदेखि निजी क्षेत्रसम्मले यस्ता कार्यक्रम सञ्चालन गरे युवालाई स्वदेशमै अवसर खोज्न सहज हुने उनको भनाइ छ।

उनले किताबको ज्ञान मात्रै लिएर बजारमा जानेभन्दा व्यवस्थापकीय, प्राविधिक तथा व्यावहारिक सीपसहितको जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीच सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताइन्। आफू नेतृत्वमा रहेका विभाग तथा विभिन्न क्याम्पसको नेटवर्कमार्फत निजी क्षेत्रसँग सहकार्यको वातावरण बनाउन सकिने उनको भनाइ छ।