२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रको अनुगमन र निरीक्षण अीख्तयार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताउनु भयो । उहाँले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी रहेको बताउनु भयो । उहाँले रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको बताउनु भयो । उहाँले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताउनु भयो । उहाँले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताउनु भयो ।

उहाले भन्नुभयो, ‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भुमिका नियन्त्रण हुन्छ । निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ । रेमिट्यान्सहरु बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि शेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसावले अघि बढ्नुपर्छ ।’

सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने बताउनु भयो । सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताउनु भयो । भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने उल्लेख गर्नुभयो ।