काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वासुदेव शर्मा (बविन)लाई पितृशोक परेको छ ।
उहाँका पिता लीलाध्वज स्वारको भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा गए राति निधन भएको हो ।
लामो समयदेखि मेरुदण्डको पक्षघातबाट पीडित उहाँ ८१ वर्षका हुनुहुन्थ्यो ।
स्वर्गीय स्वारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँका शर्मासहित पाँच सन्तान हुनुहुन्छ ।