२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित, भालाडोलिडको पोस्टमा सात गोल हान्यो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई ७–० गोलले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा फराकिलो जित निकाल्दा राफिन्हाले ह्याट्रिकसहित तीन गोल गरे भने रोवर्ट लेवान्डोस्की, जुलीस कोन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले एक–एक गोल गरे । राफिन्हाले २०,६४ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

बार्सिलोनाको यो लगातार चौंथो जित हो । ४ खेलबाट १२ अंक जोडेको टोली तालिकाको शीर्षस्थानमा छ । भालाडोलिड ४ अंकसहित १४ औं स्थानमा छ ।