३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

असनमा तरकारी तौलिँदै- फोटो फिचर

असनमा तरकारी तौलिँदै- फोटो फिचर
अ+ अ-

काठमाडौं । असन बजार काठमाडौंको पुरानो र व्यस्त बजारमध्ये एक हो। यहाँ दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, मसला, कपडा तथा विभिन्न सामग्री खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट मानिसहरू आउने गर्छन्।

विशेषगरी बिहानको समयमा ताजा तरकारी तथा खाद्य सामग्री खरिद गर्ने उपभोक्ताको संख्या उल्लेख्य हुने गरेको छ। दैनिक उपभोगका लागि आवश्यक तरकारी खरिद गर्न विभिन्न क्षेत्रबाट आएका उपभोक्ताले असनका पसल तथा सडकछेउका तरकारी स्टलमा भीड बढाएका छन्।

बिहानको समयमा असन बजारमा किसान तथा व्यापारीले ल्याएका हरियो सागसब्जी, गोलभेँडा, आलु, प्याज, काउली, बन्दा, भिन्डी, करेला, लौका, खुर्सानीलगायतका तरकारी बिक्रीका लागि राखिएका छन्। उपभोक्ताहरू आफूलाई आवश्यक पर्ने तरकारीको गुणस्तर, ताजापन र मूल्य तुलना गर्दै खरिद गरिरहेका देखिन्छन्।

तरकारी बजारमा किनमेल गर्न आउने उपभोक्ताका कारण असनका साँघुरा गल्ली र सडकमा बिहानैदेखि चहलपहल हुने गरेको छ। काठमाडौं महानगरपालीले बिहान ८ बजे सम्म सडकमा ब्यापार गर्न दिने गरेको छ । जसका कारण व्यापारीहरूले बिहान सखारै नै सडकमा आफ्नो ब्यवसाय गर्ने गर्दछन् ।

फोटो: शंकर भुजेल/ नेपाल फोटो सर्भिस