५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्कीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा बसमा ठोक्किएर स्कुटर चालकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलङ्कीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बा५२प ९६८० नंको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।