२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्काले लिजेण्ड लिगमा गुजरातबाट खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

लिजेण्ड लिग क्रिकेटमा सचिव खड्कालाई गुजरात टिमले अनुबन्ध गरेको हो । गुजराजले पारसलाई आफ्नो टोलीमा आबद्ध गरिएको लिजेन्ड्स क्रिकेट लिगको फेसबुक पेजमा उल्लेख गरेको छ ।

उनलाई गुजरातले साढे १२ लाख भारु अर्थात् २० लाख नेपाली रुपैँयामा अनुबन्ध गरेको हो ।लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि सुरु हुँदै छ ।

लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । लिजेण्ड लिगमा ६ टिमबीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनको खेलहरू भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।