२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा

अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला

अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला
अ अ+ अ-

काठमाडौं । अध्ययनको शिलशिलामा बेलायतको बर्मिङ्घममा बस्दै आएकी नेपाली छात्रा विनिता चौलागाईको शव फेला परेको छ । विनिताले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । उनको मृत्युको आधिकारिक रिपोर्ट आउन भने बाँकी छ ।

विदेशमा पुगेका नेपाली विद्यार्थीहरुमा मानसिक तनाव बढी देखिन्छ । यस्ता खबरहरु सार्वजनिक भइरहेका बेला बेलायतमा नेपाली छात्राको शव फेला परेको हो । मानसिक तनावकै कारण कयौं नेपाली विद्यार्थी गलत बाटोमा गइरहेको समेत देखिएको छ ।

नेपाली विद्यार्थीले भोगेका समस्यालाई मध्यनजर गदै क्यानडामा रहेको नेपाली राजदूतावासले क्यानडामा अध्ययनका लागि आउने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न आवश्यक सुझाव र जानकारीहरूसहित एड्भाइजरी नै जारी गरेको थियो । आगामी शैक्षिक सत्रको तयारी गरिरहेका विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज बनाउनका लागि दूतावासले विभिन्न विषय हरूमा विशेष ध्यान दिन सुझाव दिएको हो ।

दूतावासले यसअघि २०७८ वैशाख १७ गते जारी गरेको जानकारीमूलक सूचनालाई राम्ररी अध्ययन गरेर मात्र क्यानडा आउने तयारी गर्न आग्रह गरेको छ । विद्यार्थीहरूले आफूले अध्ययन गर्न लागेको कलेज, विषय, लाग्ने खर्च, र कलेज अवस्थित शहरको बारेमा पर्याप्त अनुसन्धान गरी जानकारी प्राप्त गरेर आउनु पर्नेमा दूतावासले जोड दिएको छ ।