३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुल र पोर्टो



अ+ अ-

लन्डन । लिभरपुल र पोर्टोले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् । किशोर खेलाडी कर्टिस जोन्सले ५८औं मिनेटमा गरेको निर्णायक गोलमा लिभरपुलले एनफिल्डमा भएको खेलमा आयाक्सलाई १–० ले हरायो । यो जितसँगै टोली नकआउट चरण पुग्न सफल भएको हो ।

यो जितपछि योर्गन क्लोपको टिम समूह ‘डी’ को शीर्ष स्थानमा रहने पनि निश्चित भएको छ । 

समूह ‘सी’ मा पोर्टो र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेले । यो नतिजापछि सिटी समूहको शीर्ष स्थानमा रहने निश्चित भएको छ भने पोर्टोको दोस्रो स्थान पनि पक्का भएको छ ।