२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सद्वारा ३ लाख ६ हजार ८१९ कित्ता आईपीओ निष्काशन



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले आज बुधबार देखि आयोजना प्रभावित स्थानीयहरूका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन खुल्ला गरिएको हो ।  धितोपत्र बोर्डले कात्तिक २८ गते प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपियाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला अनुमति दिएको थियो । 

बिक्री प्रबन्धकका अनुसार काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७  (साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नम्बर ३,४,५,६,७ र ८ मात्र) तथा मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरू) र इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ५ मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले मात्र आइपीओमा आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आइपीओमा छिटोमा पुस १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुका लागि छुट्याइएको आइपीओ बाँडफाँड भएपछि सर्वसाधारणहरुका लागि दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ ।