१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन इनर्जी नेपालको आईपीओ गोलाप्रथाबाट बाँडफाँट,  १ लाख ८३ हजार २६ जनाले पाए १० कित्ताका दरले



अ+ अ-

काठमाडौँ । माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आईपीओ) आज बुधबारको दिन बाँडफाँट भएको छ । कम्पनीको माग भन्दा धेरै आवेदन परेको हुँदा गोलाप्रथाबाट १ लाख ८३ हजार २६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ५ कित्ता १० कित्ता परेका ५ जनालाई १–१ कित्ताका दरले थप गरिएको हो ।  कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँको प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर(आईपीओ) कात्तिक २६ गते निष्काशन खुल्ला भई मंसिर ३ गते बन्द भएको थियो ।

कम्पनीको आईपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको आवेदन परेको थियो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका थिए । सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २ सय ६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको रु. १०० अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ निष्काशन गरेको हो ।