११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ४७ दशमलव ९६ अंकले उकालो, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ४७ दशमलव ९६ अंकले बढेर २ हजार ०४८ दशमलव ३६ विन्दुमा पुगेको छ । आज शेयर बजार २ हजार ०१६ दशमलव ८३ विन्दुबाट शुरु भएको कारोबारको पहिलो घण्टामा २ दशमलव ४० प्रतिशतले बढेको छ । पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब ५६ करोड १० लाख बराबरको २५ लाख ६२ हजार ६३८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ११ हजार ७६६ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेण्ट, अपर तामाकोशी हाइड्रोपावर, नेको इन्स्योरेन्स र साञ्जेन जलविद्युत रहेका छन् । यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार २९२ मा कारोबार भइरहेको छ ।

त्यसैगरि पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ८ दशमलव शून्य ३ प्रतिशतले बढेको छ ।