२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ४७ दशमलव ९६ अंकले उकालो, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ४७ दशमलव ९६ अंकले बढेर २ हजार ०४८ दशमलव ३६ विन्दुमा पुगेको छ । आज शेयर बजार २ हजार ०१६ दशमलव ८३ विन्दुबाट शुरु भएको कारोबारको पहिलो घण्टामा २ दशमलव ४० प्रतिशतले बढेको छ । पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब ५६ करोड १० लाख बराबरको २५ लाख ६२ हजार ६३८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ११ हजार ७६६ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेण्ट, अपर तामाकोशी हाइड्रोपावर, नेको इन्स्योरेन्स र साञ्जेन जलविद्युत रहेका छन् । यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार २९२ मा कारोबार भइरहेको छ ।

त्यसैगरि पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ८ दशमलव शून्य ३ प्रतिशतले बढेको छ ।