२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडीबिल्डिङ खेलाडीको बिदाइ



अ+ अ-

काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ ।

नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नेपाली टोलीका सदस्य रोजिनलाई सफलताको शुभकामना दिँदै खेलकुदको विकास र विस्तारका साथै खेलाडीको हौसलाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय एरिनामा सहभागी हुन लागेका रोजिनलगायत नेपाली टोलीलाई सफलताको शुभकामना दिए । उनले खेलाडीको मनोबल बढाउन क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले रोजिनलाई क्लबका तर्फबाट ट्रयाक सुट पनि प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा नेपालका रोजिनसहित धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्ने छन् । रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन् । उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए । यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए । यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए । नेपाली टोली बुधबार नै बेंग्लोर प्रस्थान गरेको छ ।