• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी ★   १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर ★   चोयामा सीप भरेर आत्मनिर्भर बनेकी घोराहीका ढाटु चौधरी ★   अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी ★   सडक विभागले टाल्यो न्यूरोडको सडक ★   निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त

तिन घण्टापछि रिहा भए वरिष्ठ नेता रामचन्द्र पौडेल



file

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । उनलाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेल सहितका प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई आज  पक्राउ गरेको थियो । उनीहरुमाथी व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोप थियो । 

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने । वरिष्ठ नेता पौडेलको गिरफ्तारीको खबरले नेपाली काँग्रेसमा हलचल पैदा भएको थियो ।

सबै काँग्रेसका नेताहरुले वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा सरकारको निन्दा गरेका थिए । नेपाली काँग्रेसले विज्ञप्ती जारी गर्दै नेता पौडेललाई गिरफ्तारी गरिएको घटना आपत्तिजनक र निन्दनिय भएको र सरकारको प्रवृति विरुद्द देशव्यापी प्रतिरोध गर्ने पनि चेतावनी दिएको थियो ।