१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विभागले टाल्यो न्यूरोडको सडक



अ+ अ-

काठमाडौँ । फुटपाथ विस्तार भन्दै काठमाडौं महानगरपालिकाले सडकका किनारा भत्काएको स्थानमा कालोपत्रे गरिएको छ ।

महानगरपालिकाका मेयर बालेन साहको योजनाअनुसार भत्काइएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।

सडक डिभिजन कार्यालयको टोलीले सोमबार उक्त सडकको काटिएको भाग कालोपत्रे गरेको छ ।

उक्त सडक विस्तार गर्न लाग्दा काठमाडौं महानगरपालिका र सडक विभागबीच जुहारी चलेको थियो । मेयर साह र वडाअध्यक्षबीच पनि उक्त सडक काटिएकोमा बैठकमै भनाभन भएको थियो ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले आफ्नो अडान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे गरेको हो ।

नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद उत्पन्न भएको थियो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी समेत गरे । घटनास्थलमा नेपाल प्रहरी प्रवेश गरेपछि नगरप्रहरी फर्किएका छन् ।