१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी

अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ: रास्वपा सांसद चौधरी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषिमा अग्रिम करण लगाउने खालको प्रावधान पनि बजेटमा आएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन पनि अर्थमन्त्री पुनको ध्यानाकर्षण गराउनु भयो । सांसद चौधरीले बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको उल्लेख गर्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले बजेटमा सिंचाईको क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गर्नुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘माननीय अर्थमन्त्रीज्युलाई बजेटलाई आर्थिक अनुशासनमा रहेर कार्यान्वयन पक्ष बलियो बनाउन आग्रह गर्न चाहन्छु । हरेक वर्ष कृषि क्षेत्रले बजेटमा प्राथमिकता पाएपनि कृषिको व्यवसायिकरण र आधुनिकीकरण अझै हुन सकेको छैन । यस वर्षको बजेटले अघिल्लो वर्षको भन्दा एक अर्व ६९ करोड कम बजेट विनियोजन गरेको देखिन्छ । कृषि जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट अभाव एवं कम प्राथमिकतामा पर्नु हुँदैन्थ्यो । यद्यपि सिंचाईमा यो वर्षको बजेटले विशेष प्राथमिकता दिएको देखिन्छ । हरेक वर्षको बजेटमा विशेष नारा दिने तर उपादेयता केही पनि नरहने परिपाटी रहेका देखिन्छ । बजेटले यस वर्ष कृषिमा लगानी दशक घोषणा गरेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिने भएतापनि यसको निरन्तरता एवं ठोस कार्य योजनामा ध्यान दिन आवश्यक देखिन्छ । बजेटले निर्धारण गरेको करको सन्बन्धमा कृषिमा अग्रिम आयकरको व्यवस्था बजेटमा गरिएको छ । यसले कृषि उद्योगीहरु मारमा पर्ने हुँदा स्वदेशी उत्पादनमा यसको तत्काल असर पर्ने देखिने हुँदा यसमा विचार गरिदिनु हुन पनि अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद चौधरीले कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले त्यसको व्यवसायिकीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।