३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बोरुसिया डर्टमुन्डको नकआउट चरणको यात्रा निश्चित



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको समूह ‘एफ’ मा बुधबार बोरुसिया डर्टमुन्डले लाजियोलाई १–१ को बराबरीमा रोकेर नकआउट चरणको यात्रा निश्चित गरेको छ ।

डर्टमुन्डको १० अंक भएको छ भने लाजियो नौ अंकसहित दोस्रो स्थानमा छ । समूह चरणमा एक चरणको खेल बाँकी छँदै डर्टमुन्डले यो उपलब्धि हात पारेको हो । 

 त्यस्तै अर्को खेलमा क्लब ब्रुगले जेनिथ सेन्ट पिटर्सबर्गलाई ३–० ले पराजित गरेको छ । जितसंगै ब्रुगको सात अंक भएको छ ।