• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

आर्सनलले एस्टन भिल्लालाई हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन खेलको ६७ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले र ७७ औं मिनेटमा थोमस पार्टेले गोल गरे ।

आर्सनलको यो लगातार दोस्रो जित हो । उसको २ खेलबाट ६ अंक छ । एस्टन भिल्लाको भने समान खेलबाट ३ अंक छ ।