१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभागीय टोली एपिएफ विजयी



अ+ अ-

काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।