१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदिति रावले साउथ अभिनेता सिद्धार्थसँग विवाह गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अदिति राव हैदरी र साउथ अभिनेता सिद्धार्थले बिहे गरेका छन् ।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए जसमा परिवारका सदस्यहरु मात्र सहभागी थिए ।

दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसका साथै उनीहरुले एकअर्काका लागि मनमोहक नोट पनि लेखेका छन् ।

सिद्धार्थ र अदितिले २०२१ मा तमिल–तेलुगु फिल्म ‘महासमुद्रम’मा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । ‘सिद्धार्थ’ले रंग दे बसन्ती र ‘चश्मेबद्दूर’जस्ता चर्चित बलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।

अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले ‘पद्मावत’, ‘बोस’, ‘रकस्टार’ र ‘मर्डर–३’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघना नामकी युवतीसँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भयो ।