१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार कोरोबारको अन्तिम दिन शेयर बजार १५.५७ अंकले ओरालो



अ+ अ-

काठमाडौं । बिहिबार कोरोबारको अन्तिम दिन शेयर बजार १५ दशमलव ५७ अंक घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७६ अंक घटेर ३९२ दशमलव २९ विन्दुमा झरेको छ । सामान्य करेक्सन भएको बजारमा रू. ८ अर्ब २ करोड ६० लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । बिहीबार २०० वटा कम्पनीको ६४ हजार ४२६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर कारोबार भएको हो । 

यो दिन नाफा बुक गर्नेहरु हाबी हुँदा बजार घटेको जानकारहरु बताउँछन् । निरन्तर उकालो लागेको बजार बिहीबार भने दोहोरो अंकको करेक्सन भएको हो । अहिलेको बजारमा यो अंकको करेक्सन सामान्य रहेको समेत जानकारहरुको बताउँनु हुन्छ । बजार बुलिस ट्रेण्डमै रहेकाले सामान्य करेक्सन हुँदै अघि बढ्ने विश्वास रहेको छ ।कारोबार रकमले कायम गरेको उचाईले पनि भोलिका दिनमा बजारको स्थायित्व कायम रहीरहने विश्वास लगानीकर्ताहरुको छ । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ११ करोड ४० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको हालसम्मकै उच्च रकमको कारोबार बिहिबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यो दिन कम्पनीको शेयरमूल्य भने घटेको छ । उच्च दरमा कम्पनीको मूल्य बढ्दा बिहिबार भने नाफा बुकको प्रभाव परेको देखिन्छ । यो दिन कम्पनीको शेयर न्यूनतम १ हजार ६८६ देखि अधिकतम रू. १ हजार ८३६ सम्म खरीदविक्री भएको छ । कम्पनीको अन्तिम मूल्य भने बुधबारको भन्दा प्रतिकित्ता रू. २३ ले घटेर रू. १ हजार ७३५ मा झरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांशसहित हकप्रद निष्काशन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुदाँ मूल्य बढेको देखिन्छ । यद्यपि यस विषयमा उक्त कम्पनीको आधिकारिक सूचना भने हालसम्म सार्वजनिक भने भएको छैन । कम्पनीले आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ ।

बिहिबार १२ वटा समूहमध्ये जलविद्युत् र लघुवित्त मात्र बढेका छन् भने बाँकी समूह घटेका छन् । यो दिन जलविद्युत् समूहको शून्य दशमलव ६ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९५ प्रतिशत परिसूचक बढेको हो । बिहिबारको बजारमा व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशतले घटेको हो । त्यस्तै बैंकिङको शून्य दशमलव ५८ प्रतिशत, होटलको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ५१ प्रतिशत, अन्यको १ दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत परिसूचक घटेको छ । केहि दिन अघि निरन्तर सर्किट लेभलमा मूल्य बढेको दुई विशाल बजार र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य बिहीवार भने सर्वाधिक घटेको छ । विशाल बजार कम्पनीको ६ दशमलव ९७ प्रतिशतले घटेर रू. ३ हजार १९० र साल्ट ट्रेडिङ कर्पोरेशनको ६ दशमलव ९४ प्रतिशत घटेर रू. ५ हजार ७०० मूल्य कायम भएको हो ।

यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, अपर तामाकोशी र नेपाल सेवा लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वद्धि भएको छ । एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ९६ प्रतिशत अर्थात प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. २९८ पुगेको छ भने अपर तामाकोशीको ९ दशमलव ९५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३१ पुगेको छ । त्यस्तै नेपाल सेवा लघुवित्तको ९ दशमलव शून्य ६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७१ ले मूल्य बढेर अन्तिम मूल्य रू. ८५५ कायम भएको छ ।