२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली नर्स बेपत्ता, श्रीमान् पक्राउ, हत्याको आशंका



अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले पति नरेश भट्टलाई पक्राउ गरेको छ । भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ ।

ममता गत साउन १६ अर्थात जुलाई ३१ देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो ।

भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान नरेश भट्टलाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ ।

ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइ दिएका थिए । सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी भट्ट हाल ह्वाइट हाउसमा कार्यरत थिए । ममता र नरेशबीच राम्रो सम्बन्ध नरहेको बताइएको छ ।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका श्रीमान् भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

त्यसक्रममा घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टी प्रहरीका गाडी घरबाहिर राखिएका थिए । प्रहरीका अनुसार ममता हराएको घटनालाई लिएर १० स्थानमा खानतलासी गर्न वारेन्ट जारी गरिएको थियो । यस क्रममा सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ ।