• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु

दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ सम्पन्न



काठमाडौं । दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । २०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिनु भएको छ ।

दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी भएका थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने भएको छ । जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिनुभयो । खेलाडीले प्रमाण पत्र कुकिवनबाट पाउने बताइएको छ ।