२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ जिल्ला खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन



अ+ अ-

बागलुङ । जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन छ । बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समिति कर्मचारीका भरमा छ । नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको स्थिति छ । खेल गतिविधि ठप्प छ । चौमासिक बजेट समयमा नआउँदा कर्मचारीलाई तलब खुवाउन र भाडा तिर्नसमेत समस्या छ । “पदाधिकारी नहुँदा अन्योलको अवस्था छ, कार्यक्रम र बजेट केही आएको छैन”, कार्यालय प्रमुख भीमसेन शाक्यले भन्नुभयो, “पदाधिकारी नियुक्तिबारे हामीलाई केही जानकारी हुँदैन, एकैचोटि पत्र आएपछि थाहा हुन्छ ।” पदाधिकारी चयनमा ढिलाइ भइरहेको भन्दै उहाँले कानूनी प्रबन्ध छिटो टुङ्गाएर समितिलाई गतिशील बनाउनुपर्ने धारणा राख्नुभयो । 

ह्याण्डबलका सहायक प्रशिक्षकसमेत रहनुभएका प्रमुख शाक्यले कोराना महामारीलगायतका कारणले एक वर्षदेखि खेल क्षेत्र प्रभावित बनेको बताउनुभयो । “गत वर्ष राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारीमा थियौँ, कोरोना जोखिमका कारण अन्तिममा आएर स्थगित भयो, त्यसयता केही कार्यक्रम आएको छैन”, उहाँले भन्नुभयो । अहिले खेलकूद प्रशिक्षण पनि रोकिएको छ । योबीचमा समितिमा कार्यरत तीनजना प्रशिक्षकले अवकाश पाएका छन् । भारत्तोलनका प्रशिक्षक विकासकुमार शाक्य, कराँतेका सहायक प्रशिक्षक धनराज महर्जन र टेबल टेनिसका सहायक प्रशिक्षक सुख शाक्यले अनिवार्य अवकाश पाएको समितिले जनाएको छ । अब समितिमा सहायक प्रशिक्षकका रुपमा तेक्वान्दोमा परशुनारायण बोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा, उसुमा दिलबहादुर किसान र ह्याण्डबलमा शाक्य गरी चारजना मात्र हुनुहुन्छ । 

पूर्वाधार र सामग्री अभावमा कतिपय खेल प्रशिक्षक कामविहीन बन्नुपरेको छ । समितिमा रहेको नायब सुब्बा र सहायक लेखापालको दरबन्दी पनि वर्षौंदेखि रिक्त छ । नेतृत्वविहीनताले समितिलाई झन अस्तव्यस्त र गतिहीन तुल्याएको छ । राष्ट्रिय खेलकूद विकास ऐन–२०७७ लागू भएको पाँच महिना बितिसक्दा पनि समितिले पदाधिकारी पाउन नसकेको समितिका निवर्तमान अध्यक्ष धनबहादुर परियारले गुनासो गर्नुभयो । जिल्लाको खेलकूद हेर्ने राज्यको मुख्य संस्था नै आफैँ समस्यामा फसेको उहाँको भनाइ छ । “राज्यको नजरमा खेलकूद सधँै कम प्राथमिकतामा छ, खेल क्षेत्रमा सबैतिर समस्या र बेथिति बढी छ”, परियारले भन्नुभयो । उहाँले गण्डकी प्रदेशलेसमेत गत असोजमा आफ्नै खेलकूद विकास ऐन पारित गरेकाले छिट्टै समिति गठन हुनेमा आशा व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकूद विकास ऐनले प्रदेश र स्थानीय तहमा आफ्नै कानूनअनुसार खेलकूद विकासका लागि संरचना बनाउन सक्ने व्यवस्था गरेको छ ।

प्रदेश खेलकूद ऐनमा पनि खेलकूद परिषद् स्थापना भएपछि जिल्ला तहमा खेलकूद विकास समिति गठन हुने उल्लेख छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्तिका लागि कार्यविधि तयार गरिसकेको जनाइएको छ । यसअघि राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत रहको जिल्ला खेलकूद विकास समिति अब प्रदेश मातहत रहनेछ । नयाँ राष्ट्रिय खेलकूद ऐनले स्थानीय तहलाई पनि खेलकूदको विकास र प्रवद्र्धनका लागि आफैँ कानून बनाएर संरचना निर्माण गर्नसक्ने बाटो खोलिदिएको छ ।