२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो रियल मड्रिड



अ+ अ-

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा मल्लोर्कासँग १–१ गोलको बराबरीमा रोकिएसँगै रियलले अंक बाँडेको हो ।

खेलको १३ औं मिनेटमा नै रियलले रोड्रिगोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

यता, ५३ औं मिनेटमा भेदात मुरीकीले गोल गर्दै घरेलु टोली मल्लोर्कालाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँड्न बाध्य भए ।