१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा ‘सर्किट ब्रेक’



अ+ अ-

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । शेयर कारेबार खुल्ला भएको तेस्रो घण्ता प्रवेशसँगै ६ प्रतिशतले सर्किट ब्रेक लागेर नेपाल स्टक एक्सचेञ्जले दिनभरिको लागि कारोबार रोकिदिएको छ । 

आइतबारको बजार बजार बन्द हुनुभन्दा करिब एक घण्टा अघि अर्थात दिउँसो २ बजेर १३ मिनेटमा नै नेप्से परिसूचक ६ प्रतिशतले घटेर सो दिनको लागि कारोबार बन्द भएको हो । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव आइतबारको  पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो ।

नेप्से १२३ अंकले घटेर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबार सेन्सेटिभ इन्डेक्ट पनि ५.५१ प्रतिशत अर्थात २१.६२ अंकले घटेर ३७० बिन्दुमा झरेको छ । आइतबार कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको बजारमा परिसूचक १२३.३४ अंकले घटेर १९३२ अंकमा झरेको छ । जबकी बिहीबारको कारोबारमा परिसूचक २०५५ अंकमा रहेको थियो ।