१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता छन् । मेहता पछाडि सवार थिए ।

कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित एकाआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । उनको ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचार जारी छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।