६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग फुटबल आजदेखि, पहिलो खेलमा युनाइटेड र फुलहमबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

विश्वकै प्रतिष्ठित लिग प्रिमियर लिगको यस सिजनको पहिलो खेल म्यान्चेस्टर युनाइटेड र फुलहमबीच हुँदैछ । खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा हुने यस खेलबाट दुबै टोलीले जित निकाल्दै विजयी सुरुवात गर्न चाहन्छन् । यद्यपि, युनाइटेडलाई उसकै घरेलु मैदानमा हराउनु फुलहमको लागि कठिन छ ।

यस सिजनमा इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन बढुवा भएर आएका छन् । गत सिजनको प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको थियो । आर्सनल उपविजेता बनेको थियो । यस्तै, लुटन टाउन, बर्नले र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका थिए ।