३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग फुटबल आजदेखि, पहिलो खेलमा युनाइटेड र फुलहमबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

विश्वकै प्रतिष्ठित लिग प्रिमियर लिगको यस सिजनको पहिलो खेल म्यान्चेस्टर युनाइटेड र फुलहमबीच हुँदैछ । खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा हुने यस खेलबाट दुबै टोलीले जित निकाल्दै विजयी सुरुवात गर्न चाहन्छन् । यद्यपि, युनाइटेडलाई उसकै घरेलु मैदानमा हराउनु फुलहमको लागि कठिन छ ।

यस सिजनमा इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन बढुवा भएर आएका छन् । गत सिजनको प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको थियो । आर्सनल उपविजेता बनेको थियो । यस्तै, लुटन टाउन, बर्नले र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका थिए ।