२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य News Polar कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे News Polar पाँच घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा

इतिहासकै डरलाग्दो जहाज हाइज्याक घटना, जब काठमाडौँबाट दिल्ली उडेको विमान ८ दिनसम्म कब्जामा रह्यो

इतिहासकै डरलाग्दो जहाज हाइज्याक घटना, जब काठमाडौँबाट दिल्ली उडेको विमान ८ दिनसम्म कब्जामा रह्यो
अ अ+ अ-

एजेन्सी । डिसेम्बर २४, १९९९ । इन्डियन एयरलाइन्सको फ्लाइट आईसी ८१४ अचानक बेपत्ता भएयो । त्यसपछि आठ दिनसम्म त्यो विमान र त्यसमा सवार यात्रुलाई जे भयो त्यो कहिल्यै भुल्न सकिँदैन ।

२४ डिसेम्बर १९९९ मा साँझ ४ः४५ बजे इन्डियन एयरलाइन्सको उडान नम्बर आइसी ८१४ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको थियो ।

साँझ सवा पाँच बजे विमान भारतीय आकाशमा प्रवेश गर्नेबित्तिकै यात्रुका रूपमा विमानमा चढेका अपहरणकारीले बन्दुकको गोली प्रहार गरी विमानलाई कब्जामा लिएर पाकिस्तान लैजान माग गरे ।

पहिले भारत र केही समयमै सारा विश्वले भारतीय विमान अपहरण भएको थाहा पायो । साँझ ६ बजे विमान भारतको अम्रितसरमा केही बेर रोकिएर पाकिस्तानको लाहोरतर्फ प्रस्थान गरेको थियो । पाकिस्तान सरकारको अनुमति बिना नै विमान राति ८ः०७ मा लाहोरमा अवतरण गरेको थियो ।

भोलिपल्ट बिहान अपहरण भएको विमान लाहोरबाट दुबईतर्फ प्रस्थान गरेको थियो र त्यहाँ उडान गरेपछि करिब ८ः३० बजे अफगानिस्तानको कान्दाहारमा अवतरण गरेको थियो ।

यसअघि राति करिब २ः४५ बजे अपहरण भएको विमान दुबई विमानस्थलमा पार्किङ गर्दा विमानमा रहेका अपहरणकर्तासँग एक यात्रुको झडप भयो । सो क्रममा आतंककारीको चक्कु यात्रुको घाँटीमा लागेको थियो ।

जसका कारण उनको एउटा नसा काटिएको थियो । उनी रगतले लतपतिएका थिए । यस्तो अवस्थामा अपहरणकारीले उनलाई दुबईमै छाडेका थिए । यात्रुको पहिचान २२ वर्षीय रुपेन कात्याल रहेको थियो । पछि उनको मृत्यु भयो ।

विमान अपहरणको खबरले भारतभर मात्र नभई विश्वमै सनसनी मच्चाएको थियो । अपहरणको केही घण्टापछि मात्रै आतंककारीहरूले आफ्ना मागहरू राखेका थिए । यसअघि इन्धन भरेर केही यात्रुलाई रिहा गर्ने सहमति पनि भएको थियो । बाँकी यात्रुहरू, जसमा अधिकांश महिला र बालबालिका थिए, उनीहरुलाई दुबईमा रिहा गरियो । त्यसको एक दिनपछि मधुमेहबाट पीडित एक व्यक्ति पनि रिहा भएका थिए ।

कान्दाहारमा पेटको क्यान्सरबाट पीडित सिमोन बरार नामकी महिलालाई कान्दाहारमा उपचारका लागि साढे दुई मिनेट मात्रै विमानबाट निस्कन दिइयो ।

अपहरणका कारण भारत सरकारको समस्या बढ्दै गयो । मिडियामा विमान अपहरणको खबर आएको थियो । यो घटनामा सारा विश्वको नजर थियो । यात्रुका परिवार र केही संघसंस्थाले देशभर विरोध प्रदर्शन गरेका थिए । यी सबै बीचमा अपहरणकारीहरूले आफ्ना आतंकवादी सहयोगीलाई रिहा गर्न र २२ मिलियन अमेरिकी डलर फिरौती मागेका थिए ।

अपहरणकारीहरू पनि कश्मीरी पृथकतावादीको शव उनीहरूलाई सुम्पन मागमा अडिग थिए । तालिबानले यस मामिलामा हस्तक्षेप गरेको थियो । त्यसपछि उनले पैसा र शवको माग त्यागे । तर उनीहरु भारतीय जेलमा रहेका आतंककारीको रिहाइको माग पूरा गराउन अडिग थिए ।

सुरुमा तालिबानले केही कठोर कदम चाल्न सक्ने देखिन्थ्यो । तर पछि तत्कालीन गृहमन्त्री लालकृष्ण आडवाणीले कान्दाहारमा रक्तपात हुन नहुने भन्दै तालिबानले सकारात्मक मनोवृत्ति देखाएको अन्यथा अपहरण गरिएको विमानमा आक्रमण गर्ने बताएको जनाएका थिए । जसका कारण अपहरणकारी आफ्नो मागबाट पछि हट्न बाध्य भए ।

अपहरण भएको विमानमा धेरै भारतीय यात्रु थिए तर ती बाहेक नेपाल, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, इटाली, जापान, स्पेन र अमेरिकाका नागरिक पनि सवार थिए । भारत सरकारमा यो घटनाको दबाब यति धेरै थियो कि तत्कालीन एनडीए सरकारले यात्रुको सुरक्षा सुनिश्चित गर्न तीन आतंकवादीलाई कान्दाहार लैजाने र रिहा गर्ने निर्णय लिनुपरेको थियो ।

जसवंत सिंह तत्कालीन अटल बिहारी बाजपेयी सरकारमा विदेशमन्त्री थिए । भारतको तीन अलग–अलग जेलमा रहेका मौलाना मसूद अजहर, अहमद जरगर र शेख अहमद उमर सइदलाई बाहिर निकालेर ती तीन आतङ्ककारीलाई आफूसँगै लिएर परराष्ट्रमन्त्री आफैं कान्दाहार पुगेका थिए । जैश (ए) मोहम्मदका नेता अजहर, जरगर र सईदलाई तालिवानको उपस्थितिमा कान्दाहारमा रिहा गरिएको थियो ।

कान्दाहार अपहरण प्रकरणमा आतंकवादीहरूसामु झुकेकोमा अटल बिहारी बाजपेयी सरकारको आलोचना भइरहेको थियो वा अर्को शब्दमा भन्नुपर्दा कान्दाहार अपहरण अझै पनि वाजपेयी सरकारका लागि पीडादायी घटना मानिन्छ । तर यो समय थियो जब सरकारले कुनै बाटो देख्न सकेन । डिसेम्बर ३१ मा, सरकार र अपहरणकर्ताहरू बीचको सम्झौता पछि, दक्षिणी अफगानिस्तानको कान्दाहार एयरपोर्टमा बन्धक बनाइएका सबै १५५ लाई रिहा गरियो ।

३१ डिसेम्बर १९९९ को राती उडानका क्रममा रिहा भएका सबै बन्धकहरुलाई विशेष विमानबाट भारत ल्याइयो । यसअघि भारतमा प्रधानमन्त्री अटल बिहारी वाजपेयीले नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो सरकारले अपहरणकारीको मागलाई धेरै हदसम्म कम गरेको र त्यसपछि यात्रुहरूलाई मुक्त गर्न सफल भएको बताएका थिए ।

कान्दाहार विमान अपहरणका ती आठ दिन कुनै नराम्रो सपनाभन्दा कम थिएनन् । आज पनि ती दिनहरु सम्झँदा डर लाग्छ । त्यसबेला अपहरणमा परेका परिवारका मात्रै होइन सिंगो देशका जनता चिन्तित थिए ।

सबैको आँखा सधै टिभीमा अड्किएको थियो । विमानमा सवार यात्रुको जीवन रक्षाको लागि सिंगो देश एकसाथ प्रार्थना गरिरहेको थियो । ३१ डिसेम्बर राति विशेष विमानबाट यात्रुहरू दिल्ली फर्कँदा विमानस्थलको दृश्य निकै भावुक थियो ।

यी थिए रिहा गरिएका आतंकवादीहरु
मौलाना मसूद अजहर – यी आतंककारीले सन् २०१० मा आतंकवादी संगठन जैश–ए–मोहम्मदको गठन गरेको थियो । जसको नाम सन् २००८ मा भारतीय संसदमा भएको हमलापछि चर्चामा आएको थियो ।

अहमद उमर सईद शेख – यस आतंककारीले पश्चिमी पर्यटकहरूलाई अपहरण गरेको आरोपमा सन् २०१० मा भारतमा पक्राउ गरिएको थियो । यो आतंककारीले ड्यानियल पर्लको हत्या गरेका थियो । अमेरिकामा आतंकवादी हमलाको योजना बनाउन पनि उनी महत्त्वपूर्ण व्यक्ति थिए । पछि पाकिस्तानी अधिकारीहरूले उनलाई अपहरण र हत्याको आरोपमा पक्राउ गरेका थिए ।

मुश्ताक अहमद जरगर – आफ्नो रिहाई पछि, यी आतंकवादी पाकिस्तान प्रशासित कश्मीरमा आतंकवादीहरूलाई प्रशिक्षण दिन सक्रिय भयो । भारत विरोधी आतंकवादीहरू तयार गर्नमा उनको महत्त्वपूर्ण भूमिका थियो ।

विमान अपहरण गर्ने हाइज्याकरहरुः
इन्डियन एयरलाइन्सको फ्लाइट आईसी–८१४ अपहरण गर्ने आतंककारीहरुको पहिचान भारतीय सरकारले गरेको थियो ।

इब्राहिम अतहर–बहावलपुर, पाकिस्तान
शाहिद अख्तर सईद–कराची, पाकिस्तान
सन्नी अहमद काजी–कराची, पाकिस्तान
मिस्त्री जहूर इब्राहिम–कराची, पाकिस्तान
शकीर–सुक्कुर, पाकिस्तान

यो विमान हाइज्याकको घटनाबारे थुप्रै चलचित्रहरु बनेका छन् ।