१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्पडोरियामाथि एसी मिलानको २–१ को संघर्षपूर्ण जित



अ+ अ-

मिलान । आइतबार  इटालीको 'सिरी ए' को शीर्ष स्थानमा रहेको एसी मिलानले साम्पडोरियामाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।  

यो जितपछि मिलानले शीर्ष स्थानमा पाँच अंकको अग्रता पनि बनाएको छ । मिलानका लागि फ्रान्क केसी र सामु कास्टेलेजोले गोल गरे । साम्पडोरियाका तर्फबाट एलबिन एकेडलले एक गोल फर्काए ।

चोटका कारण ज्लाटन इब्राहिमोभिचलाई गुमाइरहेको मिलानको १० खेलबाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २१ र डिफेन्डिङ च्याम्पियन युभेन्टसको २० अंक छ । साम्पडोरिया भने ११ अंकमा छ ।